Like us!
Follow us!

रोटरी क्लव अफ रुद्रमती काठमाडाैँकाे अध्यक्षमा किशोर त्रिपाठी

रोटरी क्लव अफ रुद्रमती काठमाडाैँकाे अध्यक्षमा किशोर त्रिपाठी

लगानी खबर, काठमाडाैँ - रोटरी क्लव अफ रुद्रमती काठमाडाैँको पदस्थापना कार्यक्रम सम्पन्न भएकाे छ । बानेश्वरस्थित आन्दभुमी होटेलमा एक कार्यक्रमकाबीच १९ औँ पदस्थापना कार्यक्रम सम्पन्न भएको हाे ।

वर्ष २०२२/२३ का लागि रोटरी क्लव अफ रुद्रमती काठमाडाैँको अध्यक्षमा किशोर त्रिपाठी नियुक्त भएका छन् । साेही कार्यक्रममा वर्ष २०२१/२२ का अध्यक्ष शारदा प्रसाद धितालले अध्यक्ष त्रिपाठीलार्ई कोलार लगाएर क्लबको चार्टर सर्टिफिकेट तथा गन ग्याबल हस्तान्तरण गरेका थिए ।

यस्तै, त्रिपाठीलाई रोटरी नेपालका डिष्ट्रिक गभर्नर जितेन्द्र बहादुर राज भण्डारीले पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् । त्रिपाठीले पदभार ग्रहण गर्दै यो वर्ष सामाजिक कार्यलाई प्रथामिकता दिँदै विद्यालय छात्रावृद्धि कार्यक्रम, रोटरी ईन्टरनेशनलमा टिआरफमा वृद्धि गरिने लगायतका प्रतिवद्धताहरु व्यक्त गरेका छन् । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।