Like us!
Follow us!

लगानीकाे अर्काे अवसर : साउन १३ गतेदेखि आईपीओ निष्कासन गर्दै सयपत्री हाइड्रोपावर

लगानीकाे अर्काे अवसर : साउन १३ गतेदेखि आईपीओ निष्कासन गर्दै सयपत्री हाइड्रोपावर

लगानी खबर, काठमाडाैँ - सयपत्री हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले साउन १३ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्रि खुल्ला गर्ने भएको छ । 

कम्पनीले आयोजना प्रभावित स्थानीयलाई छुट्याएकोबाट बिक्रि नभएको १ लाख २१ हजार ६० कित्ता समेत गरी कुल ७ लाख २१ हजार ६० कित्ता सेयर निष्कासन गर्न लागेको हो । कुल कित्ताको ५ प्रतिशतले हुन आउने ३६ हजार ५३ कित्ता सेयर सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने १४ हजार ४२१ कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ भने बाँकी ६ लाख ७० हजार ५८६ कित्तामा सर्वसाधारण आवेदन दिन सक्नेछन् ।

यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले छिटोमा साउन १७ गतेसम्म ढीलोमा साउन २७ गतेसम्म आवेदन दिन सक्नेछन् । 

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।