Like us!
Follow us!

सेयर बजारमा राैनकता, लगानीकर्ता उत्साहित

सेयर बजारमा राैनकता, लगानीकर्ता उत्साहित

लगानी खबर, काठमाडाैँ - आज (आइतबार) सेयर कारोबार मापक नेप्से परिसूचक ५७.६१ अंकले बढेर २०८६.३८ विन्दुमा पुगेकाे छ । नेप्से २.८४ प्रतिशतले बढेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि १०.२२ अंकले बढेर ३९८.८४ विन्दुमा पुगेकाे छ । 

कूल २३१ वटा कम्पनीकाे ६२ लाख २७ हजार ६ सय ९२ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ४८ करोड ४ लाख ७३ हजार ९ सय ९९ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहकाे सेयर बढेकाे छ । सबैभन्दा धेरै व्यापार समूह बढेकाे छ । 

त्यसैगरी, आज ६ वटा कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । नेष्डाे समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेड, सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड, अपर तामाकाेशी, हिमालयन पावर पार्टनर, साञ्जेन जलविद्युत र साल्ट ट्रेडिङकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हाे । 

यता ८.५ प्रतिशत बीओके डिबेञ्चर २०८६ काे मूल्य सबैभन्दा धेरै घटेकाे छ । उक्त डिबेञ्चरकाे मूल्य ९.३१ प्रतिशतले घटेर ८ सय ७१ रूपैयाँमा झरेकाे छ ।

आइतबार ङादी ग्रुप पावर कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे २२ कराेड २८ लाख ६९ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

हेराैँ आजकाे सेयर तालिका :

 

62c168844a3af.JPG 62c1688c7b26a.JPG 62c1689350ade.JPG 62c1689cc0737.JPG 62c168a5da1be.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।