Like us!
Follow us!

ह्वात्तै घट्याे सुनचाँदीको भाउ, कतिमा हुँदैछ काराेबार ?

ह्वात्तै घट्याे सुनचाँदीको भाउ, कतिमा हुँदैछ काराेबार ?

लगानी खबर, काठमाडौँ - नेपाली बजारमा यस साताकाे पहिलाे दिन आइतबार स्थिर रही साेमबार बढेकाे सुनकाे मूल्य आज (मंगलबार) भने ह्वात्तै घटेकाे छ । 

मंगलबार सुनकाे मूल्य तोलामा १७ सय रुपैयाँले घटेर ९५ हजार ५ सय रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, मंगलबार तेजावी सुनको मूल्य पनि ताेलाकाे १७ सय रूपैयाँले नै घटेर प्रतितोला ९५ हजार रुपैयाँ निर्धारण भएको छ । 

त्यसैगरी, मंगलबार चाँदीकाे मूल्य पनि ताेलामा ९० रुपैयाँले घटेर प्रतिताेला १ हजार २ सय ३० रूपैयाँ कायम रहेको महासंघले बताएकाे छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।