Like us!
Follow us!

नेप्सेमा ४ कम्पनीकाे बाेनस सूचिकृत, कुनकाे कति ?

नेप्सेमा ४ कम्पनीकाे बाेनस सूचिकृत, कुनकाे कति ?

लगानी खबर, काठमाडाैँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (मंगलबार) विभिन्न ४ वटा कम्पनीकाे बोनस सेयर सूचिकृत भएको छ ।

१. नेपाल पुनर्बीमा​ कम्पनी लिमिटेडकाे १६.५० प्रतिशत बोनस बापतको एक कराेड ६५ लाख कित्ता सेयर सूचिकृत भएको हो ।

२. एनएलजी इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे १० प्रतिशत बोनस बापतको १२ लाख ६ हजार १३ दशमलव ०५ कित्ता सेयर सूचिकृत भएको हो ।

३. प्रभु इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे ११ प्रतिशत बाेनस बापतकाे १२ लाख ७८ हजार ९२ दशमलव ५६ कित्ता सेयर सूचिकृत भएको हो ।

४. नेशनल हाइड्राेपावर कम्पनी लिमिटेडकाे १८.५२५ प्रतिशत बोनस बापतको २५ लाख ६६ हजार ५७ दशमलव ४३५५ कित्ता सेयर सूचिकृत भएको हो ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।