Like us!
Follow us!

थप २ बैंकले ऋणपत्र निष्कासन गर्ने, बाेर्डमा दिए निवेदन

थप २ बैंकले ऋणपत्र निष्कासन गर्ने, बाेर्डमा दिए निवेदन

एभरेष्ट बैंक लिमिटेड र हिमालयन बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन पेश गरेका छन् ।

एभरेष्ट बैंक लिमिटेडले २ अर्ब रूपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्कासन गर्न जेठ २४ गते सेबाेनमा निवेदन पेश गरेकाे हाे । जसमध्ये बैंकले सर्वसाधारणका लागि ८ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई १२ लाख कित्ता बिक्री गर्नेछ । बैंकले १० वर्ष अवधि भएकाे वार्षिक ५.५ प्रतिशत व्याज भएकाे "१० वर्ष, ५.५% एभरेष्ट बैंक लिमिटेड उर्जा ऋणपत्र, २०८९" नाममा ऋणपत्र निष्कासन गर्न लागेकाे हाे ।बैंककाे उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले गर्नेछ ।

त्यसैगरी, हिमालयन बैंक लिमिटेडले २ अर्ब ५० कराेड रूपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र निष्कासन गर्न जेठ २३ गते सेबाेनमा निवेदन पेश गरेकाे हाे । जसमध्ये बैंकले सर्वसाधारणका लागि १० लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई १५ लाख कित्ता बिक्री गर्नेछ । बैंकले ७ वर्ष अवधि भएकाे वार्षिक १०.५ प्रतिशत व्याज भएकाे "७ वर्ष, १०.५% हिमालयन बैंक लिमिटेड बन्ड, २०८६" नाममा ऋणपत्र निष्कासन गर्न लागेकाे हाे । बैंककाे उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले गर्नेछ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।