Like us!
Follow us!

पेट्रोलियम पदार्थको मूल्य अझै बढ्ने संकेत

पेट्रोलियम पदार्थको मूल्य अझै बढ्ने संकेत

लगानी खबर, काठमाडाैँ - भारतीय आयल कर्पोरेसन (आइओसी) ले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ ।

आइओसीले पन्ध्र-पन्ध्र दिनमा पेट्रोलियम पदार्थको नयाँ मूल्य नेपाल आयल निगमलाई पठाउने गर्दछ । सोही मूल्यको आधारमा निगमले उपभोक्ता मूल्य तोक्नेछ । जेठ २ गते आइओसीले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको हो। 

आईओसीले पठाएको नयाँ मूल्य अनुसार पेट्रोलको लागत मूल्य प्रतिलिटर १९२ रूपैयाँ ९४ पैसा, डिजेलको खरिद मूल्य १८८ रूपैयाँ ३३ पैसा र मट्टितेलको खरिद मूल्य १ सय ४० रूपैयाँ ३६ पैसा पुगेको छ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।