Like us!
Follow us!

टेलिकमको ७ करोडको कारोबार, यी हुन् सार्वधिक कारोबार गर्ने १० कम्पनी

टेलिकमको ७ करोडको कारोबार, यी हुन् सार्वधिक कारोबार गर्ने १० कम्पनी

लगानी खबर, काठमाडौं - कारोबार हप्ताको पहिलो दिन आज (सोमबार) सेयर बजारमा वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक १२.२७ अंकले बढेर २२६८.८४ विन्दुमा पुगेको छ । 

आज नेपाल टेलिकमको सबैभन्दा धेरै कारोबार भएको छ । यस दिन टेलिकमको ७ करोड ८३ लाख ५३ हजार ८ सय ९९ रूपैयाँको कारोबार भएको हो । 

त्यस्तै सर्वाधिक कारोबार गर्ने अन्य कम्पनीहरुमा क्रमश : एनआइसी एशिया बैंक, हिमालयन डिष्टिलरी लिमिटेड, शिवम् सिमेन्ट, नबिल बैंक, अरुणभ्याली हाइड्रोपावर, नेपाल इन्फ्रास्टक्चर बैंक, नेपाल लाईफ इन्स्योरेन्स, महालक्ष्मी विकास बैंकर र एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड रहेका छन् । 

6278e55457f8c.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।