Like us!
Follow us!

साहस उर्जाको नाफामा उछाल, अन्य सूचक कस्तो ?

साहस उर्जाको नाफामा उछाल, अन्य सूचक कस्तो ?

लगानी खबर, काठमाडौं साहस उर्जा कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को तेश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले ५८ करोड १३ लाख ४३ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको छ । उक्त नाफा रकम गत आर्थिक वर्षको तुलनामा ७५ प्रतिशतले धेरै हो । गत वर्षको यसै अवधिमा कम्पनीले ३३ करोड १२ लाख ८१ हजार रूपैयाँ नाफा कमाएको थियो ।

समिक्षा अवधिसम्म कम्पनीको कूल आम्दानी पनि ७४ प्रतिशतले बढेर ५८ करोड ३९ लाख १७ हजार रुपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ३३ करोड ४१ लाख ४१ हजार रूपैयाँ रहेको थियो ।

त्यस्तै, कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) २२ रुपैयाँ १५ पैसा र प्रतिसेयर नेटवर्थ १५६ रुपैयाँ ८४ पैसा रहेको छ ।

यस्तो छ कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण :

6278c7f255045.jpeg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।