Like us!
Follow us!

हिमालयन डिष्टिलरीको नाफामा वृद्धि, प्रतिसेयर आम्दानी कति ?

हिमालयन डिष्टिलरीको नाफामा वृद्धि, प्रतिसेयर आम्दानी कति ?

लगानी खबर, काठमाडौं - हिमालयन डिष्टिलरी लिमिटेडले चालु आर्थिक वर्षको तेश्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार तेश्रो त्रैमाससन्न कम्पनीले ७८ करोड ८३ लाख २४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १७.१८ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ६७ करोड २७ लाख ४४ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी बढाएर ५ अर्ब १८ करोड ७८ लाख रुपैयाँ पुर्‍याएको छ । कम्पनीले गत वर्षको सोही अवधिमा ३ अर्ब ९८ करोड ४५ लाख रुपैयाँ आम्दानी गरेको थियो ।  कम्पनीको बिक्री आम्दानी बढेसँगै खुद नाफा बढ्न सहयोग पुगेको हो ।

त्यसैगरी, कम्पनीको सञ्चालन मुनाफा ९५ करोड ५६ लाख ८९ हजार रुपैयाँबाट बढेर १ अर्ब ९ करोड ६६ लाख रूपैयाँ पुगेको छ । 

कम्पनीको खुद नाफा बढे पनि कम्पनीको प्रतिसेयर आम्दानीमा भने गिरावट आएको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ३४ रुपैयाँ १६ पैसाले घटेर ६९ रुपैयाँ २२ पैसामा झरेको छ । कम्पनीले ७५ प्रतिशत बोनस सेयर वितरण गरेका कारण प्रतिसेयर आम्दानी घट्न पुगेको हो । समीक्षा अवधिसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १६९ रुपैयाँ ६४ पैसा रहेको छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।