Like us!
Follow us!

अपर हेवा खोला हाइड्रोलाई आईपीओ निष्काशन गर्न बोर्डले दियो अनुमति

अपर हेवा खोला हाइड्रोलाई आईपीओ निष्काशन गर्न बोर्डले दियो अनुमति

लगानी खबर, काठमाडौं - नेपाल धितोपत्र बोर्ड (सेबोन) ले अपर हेवा खोला हाइड्रोपावर कम्पनी लिमिटेडलाई साधारण सेयर (आईपीओ) निष्काशनको अनुमति दिएको  छ । बोर्डले कम्पनीलाई (हिजो) बैशाख २२ गते आईपीओ निष्कासनको अनुमति दिएको हो ।

बोर्डले कम्पनीलाई १०० रुपैयाँ अंकित दरका कूल २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता आईपीओ निष्काशनको अनुमति दिएको हो ।

धितोपत्र बोर्डको अनुमतिसँगै अब मैलुङ खोला जलविद्युतले आईपीओ निष्काशन गर्नेछ । आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।