Like us!
Follow us!

भारतले बढाएर पठायो पेट्रोलियम पदार्थको मूल्य

भारतले बढाएर पठायो पेट्रोलियम पदार्थको मूल्य

लगानी खबर, काठमाडौं - भारतीय आयल कर्पोरेसन (आइओसी) ले सबै पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ । वैशाख १८ गते आइओसीले सबै पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको हो । 

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेर आएको भन्दै आईओसीले नेपाल आयल निगमलाई डिजल, पेट्रोल, हवाई इन्धन र ग्यासको मूल्य बढाएर पठाएको छ । आईओसीले पठाएको नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर पाँच रुपैयाँ १८ पैसा, डिजेल १० रुपैयाँ १८ पैसा र हवाई इन्धन सात रुपैयाँ १२ पैसाले बढेर आएको नेपाल आयल निगमले जनाएको छ । त्यस्तै ग्यास पनि प्रतिसिलिन्डर ११८ रुपैयाँ बढेर आएको छ ।

आइओसीले पन्ध्र-पन्ध्र दिनमा पेट्रोलियम पदार्थको नयाँ मूल्य नेपाल आयल निगमलाई पठाउने गर्दछ । सोही मूल्यको आधारमा निगमले उपभोक्ता मूल्य तोक्नेछ । 

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।