लगानी खबर, काठमाडौं - आज (मंगलबार) नेपाल स्ट्रक एक्सचेञ्ज (नेप्से) बन्द रहने छ । सरकारले इस्लाम धर्मालम्बीहरुको पर्व ईदको अवसरमा (आज) वैशाख २० गते (मंगलबार) सार्वजनिक विदा दिएको हुनाले सेयर बजार पनि बन्द हुने भएको हो ।
गृहमन्त्रालयले आज (सोमबार) एक सूचना जारी गरी इस्लाम धर्मालम्बीहरुको पर्व ईद (उल उल फित्र)का दिन देशभर सार्वजनिक विदा दिएको हो ।
अब बजार भोलि (बुधबार) खुल्नेछ ।
यस्तो छ गृहमन्त्रालय प्रकाशन गरेको सूचना :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।