Like us!
Follow us!

मनिलामा आगलागी, ६ बालबालिकासहित ८ जनाको जलेर मृत्यु

मनिलामा आगलागी, ६ बालबालिकासहित ८ जनाको जलेर मृत्यु

लगानी खबर, काठमाडौं - फिलिपिन्सको राजधानी मनिलानजिकै आगलागी भएको छ । आगलागीमा परी ६ बालबालिकासहित ८ जनाको जलेर मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

उक्त आगलागीमा  ८० भन्दा बढी घर जलेर नष्ट भएका छन् । आगलागीको कारणभने अहिलेसम्म खुलेको छैन । आगो निभाउन करिब दुई घण्टा लागेको थियो ।

स्थानीय समयअनुसार आगो सोमबार बिहान ५ बजे लागेको थियो । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।