Like us!
Follow us!

पठाओको बार्षिक सम्मान,  बर्ष भरिका उत्कृष्ट राइडर, क्याप्टेन र फुडमेनलाई अवार्ड

पठाओको बार्षिक सम्मान,  बर्ष भरिका उत्कृष्ट राइडर, क्याप्टेन र फुडमेनलाई अवार्ड

लगानी खबर, काठमाडौं - पठाओले बर्ष भरिका उत्कृष्ट राइडर, क्याप्टेन, फुडमेन र रेस्टुरेन्टलाई सम्मान गरेको छ । २०७८ साल भरी उत्कृष्ट सेवा प्रदायकहरुलाई सम्मान  गरिएको पठाओ नेपालका निर्देशक यशु थकालीले बताए ।

कार्यक्रममा कलाकार दिपक राज गिरी र दिपाश्री निरौला अवार्डेड राइडर, क्याप्टेन र फुडम्यानलाई ट्रफी, सम्मान पत्र र गिफ्ट ह्याम्पर प्रदान गरेका थिए । एभरेस्ट इन्स्योरेन्सको तर्फबाट अवार्ड पाउने ३५ जनालाई राइड नभएको समयमा समेत लागू हुने गरि एक लाख बराबरको मेडिकल इन्स्योरेन्स प्रदान गरिएको  छ ।

पठाओलाई नेपालकै उत्कृष्ट राइड सेयरिङ प्लेटफर्म र फास्टेस ग्रोइङ कम्पनी बनाउन योगदान दिने राइडर, क्याप्‍टेन र फुडमेनहरुलाई प्रोत्साहन गर्न कार्यक्रम आयोजना गरिएको थकालीले बताए ।

कार्यक्रममा बोल्दै आफ्नो सुरक्षीत र सुनिश्चित यात्राको साथी पठाओ रहेको कलाकार दिपाश्री निरौलाले बताइन् । नेपालमा परिवारसँगै बसेर केहि गरौ भन्नेलाई पठाओले राम्रो अवसर सिर्जना गरेको कलाकार दिपक राज गिरीले बताए ।

पठाओमा पाएको टिप्स जम्मा गरेर कुकुर तिहारको दिन काठमाडौका सडकमा भेटिएका बेवारिसे सय बढी कुकुरहरुलाई खाना खुवाएका द हेल्पिङ ह्यान्ड अवार्ड बिजेता रोनिस खड्गी सबैले कोशिश गरे समाज उत्कृष्ट हुने धारणा राख्छन् । 

अवार्ड बिजेताहरु:

सर्बोत्कृष्ट बिधा

१. द स्टार राइडर: खुशीराम थारु 

२. द स्टार क्याप्टेन: सोमनाथ गिरि

३. बेस्ट पफर्मिङ फुडम्यान: सागर राई

 

फरक क्षमताका राइडर (चार पाङ्ग्रे स्कुटर) बिधा:

मस्ट इम्पावर्ड राइडर: पुनम मिश्र र सोमनाथ राई 

 

परोपकार बिधा:

द हेल्पिङ ह्यान्ड अवार्ड (पठाओको माद्यम माफत सामाजिक सेवा समेत गर्ने): रोनिस खड्की, कृष्ण बहादुर तामाङ, रोयत बहादुर रोका 

 

बाइक राइडर बिधा:

१. द राइजिङ राइडर (सबैभन्दा कम उमेरको, १८ बर्ष): सन्जिब श्रेष्ठ 

२. द टायरलेस राइडर(सबैभन्दा धेरै राइड लिने, ५५०० राइड): मुकुन्द राज थापा

३. युजर फेबरेट राइडर (सबैभन्दा धेरै रेटिङ, ४.८): सुदर्शनमणि डङ्गोल

४. द डेडिकेटेड राइडर(आफुलाई आएका मध्ये सबैभन्दा बढी राइड रिक्वेस्ट लिने, ९७%): तिर्थ बहादुर बिष्ट 

५. द भेट्रान राइडर (सबैभन्दा लामो समय देखि राइड लिइरहेको, ४ बर्ष): दिलिप लामा 

६. द अनरेवल राइडर (सस्पेन्सनमा नपरेको र धेरै राइड लिने): कपिल दिप न्यौपाने 

७. द एनर्जेटिक राइडर (सबैभन्दा धेरै दिन राइड लिएको,३५० दिन): कौशल कुमार जोशी 

८. द सिनियर राइडर (सबैभन्दा धेरै उमेरको, ६६ बर्ष): आश्मान राई 

९. द इन्फ्लुएञ्सर (बेस्ट फिमेल) राइडर: लक्ष्मी श्रेष्ठ 

 

क्याप्टेन (ट्याक्सी चालक) बिधा:

१. द राइजिङ क्याप्टेन (सबैभन्दा कम उमेरको, २१ बर्ष):राजेश थापा

२. द टायरलेस क्याप्टेन (सबैभन्दा धेरै राइड लिने, ३८०० राइड): कमल श्रेष्ठ 

३. युजर फेबरेट क्याप्टेन (सबैभन्दा धेरै रेटिङ, ४.७५): प्रशान्त थापा

४. द डेडिकेटेड क्याप्टेन (आफुलाई आएका मध्ये सबैभन्दा बढी राइड रिक्वेस्ट लिने, ९०%) दिपक घलान 

५. द भेट्रान क्याप्टेन (सबैभन्दा लामो समय देखि राइड लिइरहेको, पठाओ ट्याक्सी सुरुवात देखि नै): फरिन बहादुर क्याप्छाकी 

६. द अनरेवल क्याप्टेन (सस्पेन्सनमा नपरेको र धेरै राइड लिने): रामानन्द चौधरी 

७. द एनर्जेटिक क्याप्टेन (सबैभन्दा धेरै दिन राइड लिएको, २९५ दिन): पवन ढुङ्गेल

८. द सिनियर क्याप्टेन (सबैभन्दा धेरै उमेरको, ६६ बर्ष): कृष्ण लामा

९. द इन्फ्लुएञ्सर (बेस्ट फिमेल) क्याप्टेन विद्या कुमारी लामा 

 

फुडम्यान बिधा:

१. बेस्ट पफर्मिङ फुडम्यान इनहाउस: धनेन्द्र हंसरुम्बा

२. बेस्ट पफर्मिङ फुडम्यान, साइकल (२८०० डेकिभरी): अनिस कुमार थापा

३. द सुपरस्टार फुडम्यान (सबैभन्दा धेरै रेटिङ, ४.८ ): टीका बहादुर कुँवर 

४. द टायरलेस फुडम्यान (सबैभन्दा धेरै फुड डेलिभरी गर्ने, ३२०० डेलिभरी): छत्र बहादुर बस्नेत

५. द डेडिकेटेड फुडम्यान (आफुलाई आएका मध्ये सबैभन्दा बढी राइड रिक्वेस्ट लिने, ८५%) विशाल श्रेष्ठ 

६. द क्लासिक फुडम्यान (सबैभन्दा लामो समय देखि, ५६५ दिन):दिलेन क्षेत्री

७. द ज्वय गिभर फुडम्यान (बेस्ट कम्युनिकेसन): राजकुमार दाहाल

८. द एभर फ्रेस फुडम्यान (सबैभन्दा धेरै दिन फुड डेलिभर गरेको, २९० दिन):शेशकान्त सुवेदी 

९. द इन्फ्लुएञ्सर (बेस्ट फिमेल): फुडम्यान बन्दना राई 

२५ सेप्टेम्बर २०१८ मा बाइकमा राइड सेयरिङमार्फत पठाओ नेपालले सेवा सुरू गरेको थियो । ९ अगस्ट २०१९ मा कार लाइट अर्थात्  ट्याक्सी सेवा सुरु गरेको पठाओले राइड सेयरिङ सुरू गरेको २ वर्षपछि २५ सेप्टेम्बर २०२० देखि होटल, रेस्टुरेन्ट तथा क्याफेका खाना डेलिभरी गराउँदै 'पठाओ फुड' सन्चालनमा ल्याएको छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।