Like us!
Follow us!

३ अंकले बढेको बजारमा रिलायन्स लाइफको सर्वाधिक कारोबार !

३ अंकले बढेको बजारमा रिलायन्स लाइफको सर्वाधिक कारोबार !

लगानी खबर, काठमाडौँ - साताकाे पहिलाे दिन आज (आइतबार) शेयर बजारले उकालाे यात्रा तय गरेकाे छ ।

 नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक ३ अंकले बढेर एक हजार ५७५.१८ मा पुगेकाे छ । नेप्से ०.१९ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक १.१२ अंकले बढेर ३१३.६२ मा पुगेको छ ।

कूल १८८ वटा कम्पनीकाे ९२ लाख २३ हजार ७ सय १२ कित्ता शेयर खरिदबिक्री हुँदा २ अर्ब ७४ करोड २७ लाख ९५ हजार ६ सय ९२ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ३ वटा उपसमूहकाे शेयर बढेकाे छ भने बाँकी ९ वटा उपसमूहकाे शेयर मात्र घटेकाे छ ।

त्यसैगरी, आइतबार काराेबार रकमकाे आधारमा रिलायन्स लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडले अग्रता कायम गर्न सफल भएकाे छ । कम्पनीको १९ कराेड ४७ लाख ६४ हजार ५ सय १६ रूपैयाँ बराबरकाे शेयर काराेबार भएकाे हाे ।

 हेराैं आजकाे शेयर तालिका :

5f6720fd59f42.jpg 5f6721058fdbc.jpg 5f67210edce73.jpg 5f672115e6a14.jpg 5f67211ea56a5.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।