Like us!
Follow us!

नेप्सेमा दुई कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट

नेप्सेमा दुई कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट

लगानी खबर, काठमाडौं - कारोबार हुने हप्ताको तेस्रो दिन आज (मंगलबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यस दिन नेष्टो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेड र ग्रिन भेन्चर्स लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । 

नेष्टो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य आज १० प्रतिशतले बढेर ३ हजार ११ रुपैयाँ ४० पैसा पुगेको छ । त्यस्तै ग्रिन भेन्चर्स लिमिटेडको सेयरमूल्य १० प्रतिशतले बढेर २ सय ९८ रुपैयाँ १० पैसा पुगेको छ ।

यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक १५.७६ अंकले घटेर २३२८.११ विन्दुमा झरेको छ । त्यस्तै, २०८ कम्पनीको ८ लाख ४० हजार ३ सय ९१ कित्ता सेयर खरिद बिक्रीह हुँदा ३३ करोड ९७ लाख ८७ हजार २ सय १ रुपैयाँको कारोबार भएको छ । 

ग्रिन भेन्चर्स लिमिटेडको धितोपत्र दोस्रो बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (मंगलबार) पहिलो कारोबार भएको हो । कम्पनीको आइतबार ३ करोड १२ लाख ५० हजार कित्ता साधारण सेयर (आइपिओ) नेप्सेमा सूचीकृत भएको थियो ।

625e5774b64e7.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।