Like us!
Follow us!

नेप्सेमा जीवन विकाससहित दुई कम्पनी सेयरमूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

नेप्सेमा जीवन विकाससहित दुई कम्पनी सेयरमूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

लगानी खबर, काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा दुई कम्पनीनको सेयरमूल्य समायोजन भएको छ । आज जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र नेपाल टेलिकमको सेयरमूल्य समायोजनन भएको हो । 

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको ७० प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ३ हजार रूपैयाँ कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले आज बिहीबारको अन्तिम कारोबार मूल्य ५ हजार १ सय रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

त्यस्तै, नेपाल टेलिकमको २० प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता १ हजार २ सय २० रूपैयाँ ८३ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले आज बिहीबारको अन्तिम कारोबार मूल्य १ हजार ४ सय ६५ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।