Like us!
Follow us!

यी दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

यी दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

लगानी खबर, काठमाडौं - आज (चैत्र १० गते बिहीबार) दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । आज नेपाल टेलिकम र जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । 

नेपाल टेलिकमले लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ भोली (चैत्र ११ शुक्रबार) देखि बुक क्लोज गर्नेछ । यसअनुसार आज चैत्र १० सम्म कायम सेयरधनीले मात्रै लाभांश र साधारण सभामा सहभागि हुन पाउनेछन् ।

कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको १४ औँ  वार्षिक साधारण सभा चैत्र २४ गते बिहिबार त्रिभुवन आर्मि अफिसर्स क्लब काठमांडौमा बिहान ११:०० बजे सुरु हुनेछ ।

उक्त सभाले कम्पनीको माघ ३० गते सोमबाबार बसेको संचालक समितिको बैठकले आफ्ना सेयरधनीहरुलाई आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत गरी २० प्रतिशत नगद लाभांश गरी कूल ४० प्रतिशत लाभांश दिने प्रस्ताव पारित गर्नेछ । 

त्यसैगरी, जीवन विकास लघुवित्त वित्तीय संस्थाले लाभांश तथा साधारण सभा प्रयोजनका लागि चैत्र १२ गतेदेखि २५ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । चैत्र ११ र १२ गते शुक्रबार र शनिबार परेकाले नेप्सेमा कारोबार नहुने भएकाले आज चैत्र १० गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका सेयरधनीहरूले मात्र लाभांश र साधारण सभामा भाग लिन सक्नेछन् ।

संस्थाले लाभांश तथा साधारण सभा प्रयोजनका लागि चैत्र १२ गतेदेखि २५ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । चैत्र ११ र १२ गते शुक्रबार र शनिबार परेकाले नेप्सेमा कारोबार नहुने भएकाले आज चैत्र १० गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका सेयरधनीहरूले मात्र लाभांश र साधारण सभामा भाग लिन सक्नेछन् ।

सभाले कम्पनीको फागुन ७ गते, शनिबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका सेयरधनीहरूलाई चुक्ता पूँजीको ७० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.६८ प्रतिशत नगद गरी कुल ७३.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।