Like us!
Follow us!

महिला सहयात्रा लघुवित्तले धमाधम पठाउँदै नगद लाभांश, तपाईंकाे खातामा आयाे ? नत्र यसाे गर्नुस्

महिला सहयात्रा लघुवित्तले धमाधम पठाउँदै नगद लाभांश, तपाईंकाे खातामा आयाे ? नत्र यसाे गर्नुस्

लगानी खबर, काठमाडौँ - महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीहरूको बैंक खातामा धमाधम नगद लाभांश पठाउन थालेको छ ।

संस्थाको भाद्र १३ गते सम्पन्न भएकाे साताैँ वार्षिक साधारण सभाले पारित गरेकाे ७.५ प्रतिशत नगद लाभांश गत चैत्र ३ गतेसम्म शेयर अभौतिकिकरण गराएका शेयरधनीहरुकाे खातामा भाद्र २८ गतेबाट जम्मा गरिएकाे संस्थाले जनाएकाे छ ।

त्यसैगरी, संस्थाले हालसम्म आफ्नाे शेयर अभौतिकिकरण नगरेका शेयरधनीहरुलाई शिघ्र शेयर अभौतिकिकरण गरी आफ्नाे नगद लाभांश प्राप्त गर्नका लागि आग्रह गरेकाे छ । संस्थाकाे शेयर रजिष्ट्रार सिद्दार्थ क्यापिटल लिमिटेड रहेको छ । 

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

5f644ca5918d5.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।