Like us!
Follow us!

वर्ल्डलिंकले छिट्टै आइपिओ निष्कासन गर्ने

वर्ल्डलिंकले छिट्टै आइपिओ निष्कासन गर्ने

लगानी खबर, काठमाडौँ – नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन २५औं वर्षमा प्रवेश गरेको छ । वर्ल्डलिंककाे २५औँ वार्षिकोत्सवको अवसरमा आज आयोजना गरिएकाे भर्चुअल कार्यक्रममा कम्पनीका सञ्चालक दिलिप अग्रवालले वर्ल्डलिंकले छिट्टै आइपिओ निष्कासन गर्ने जानकारी दिएका हुन् ।

 "हामीले सर्वसाधारणका लागि आइपिओ जारी गर्ने पूर्वतयारी सुरु गरिसकेका छौं", कार्यक्रममा बाेल्दै उनले भने, "यसैको तयारी स्वरुप गत वर्ष हामीले कम्पनीलाई पब्लिक लिमिटेडमा दर्ता गरेका थियौं । अब बाँकी प्रक्रिया छिट्टै नै अगाडि बढाउनेछौँ ।"

सरकारले १ अर्ब चुक्ता पुँजीमाथिका कम्पनीहरुले अनिवार्य रुपमा साधारण शेयर जारी गर्नुपर्ने व्यवस्था गरेको छ । वर्ल्डलिंककाे चुक्ता पुँजी १ अर्ब १२ करोड रुपैयाँ रहेकाे छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।