Like us!
Follow us!

भारतमा एकै दिन थपिए ३ लाख १७ हजार कोभिड संक्रमित, ४ सय भन्दा बढीको मृत्यु

भारतमा एकै दिन थपिए ३ लाख १७ हजार कोभिड संक्रमित, ४ सय भन्दा बढीको मृत्यु

लगानी खबर, काठमाडाैँ - भारतमा एकै दिन तीन लाख १७ हजार जनामा कोभिड देखिएको छ । यो संख्या तेस्रो लहरको संक्रमणमा अहिलेसम्मकै उच्च हो । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै संक्रमितको संख्या दिनहुँ बढेको छ । 

भारतका २९ ओटै राज्यमा ओमिक्रोन देखिएको छ । अहिलेसम्म आठ हजार २०९ जनामा ओमिक्रोन देखिएको छ । सबैभन्दा बढी महाराष्ट्रमा ओमिक्रोन संक्रमित भेटिएका छन् । पछिल्लो २४ घन्टामा कोभिडबाट ४४१ जनाको मृत्यु भएको छ ।
कोभिड संक्रमित बढेसँगै सरकारले खोप अभियानलाई तीव्र पारेको छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।