Like us!
Follow us!

दिनकै बढ्दै कारोना संक्रमित, उपत्यकामा मात्रै ५० प्रतिशत भन्दा धेरै

दिनकै बढ्दै कारोना संक्रमित, उपत्यकामा मात्रै ५० प्रतिशत भन्दा धेरै

लगानी खबर, काठमाडौं - नेपालमा पछिल्लो २४ घन्टामा ११ हजार ३५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २३ हजार ४०९ नमुना परीक्षण गर्दा अहिलेसम्मकै धेरै कोरोना संक्रमण भएको छ ।

कोरोनाबाट आज चारजनाले ज्यान गुमाएको मन्त्रालयले जानकारी दिएको छ ।  यो अवधिमा देशभर ६ सय १३ संक्रमणमुक्त भएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।

उनका अनुसार काठमाडौंमा चार हजार ६६६, ललितपुरमा एक हजार १९ र भक्तपुरमा पाँच सय ७८ गरी काठमाडौं उपत्यकामा ६३ सय ४३ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।