Like us!
Follow us!

भारतमा कोभिडबाट २ लाख ८२ हजार संक्रमित, स्वास्थ्यकर्मी तथा  सुरक्षाकर्मी बढी प्रभावित

भारतमा कोभिडबाट २ लाख ८२ हजार संक्रमित, स्वास्थ्यकर्मी तथा  सुरक्षाकर्मी बढी प्रभावित

लगानी खबर, काठमाडौं - भारतमा पछिल्लो २४ घन्टामा २ लाख ८२ हजारमा कोभिड संक्रमण देखिएको छ । यो संख्या अघिल्लो दिनको तुलनामा १८ प्रतिशतले बढी हो । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै संक्रमितको संख्या पनि दिनहुँ बढिरहेको छ । अहिलेसम्म आठ हजार ९६१ मा कोभिडको नयाँ भेरियन्ट देखिएको छ । 

पछिल्लो २४ घन्टामा कोभिडका कारण ४४१ जनाको मृत्यु भएको छ । पछिल्लो समय कोभिडबाट स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकारलगायत अग्रमोर्चामा खटिएका व्यक्ति प्रभावित हुन थालेका छन्। कोभिड बढेसँगै सरकारले खोप अभियानलाई तीव्र पारेको छ । एजेन्सी
 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।