Like us!
Follow us!

सेयर बजारको उकालो यात्रामा ब्रेक, कारोबार रकम भने बढ्यो

सेयर बजारको उकालो यात्रामा ब्रेक, कारोबार रकम भने बढ्यो

लगानी खबर, काठमाडौं - कारोबार हुने हप्ताको तेस्रो दिन आज (मंगलबार) सेयर बजारमा गिरावट आएको छ  । अघिल्लो दिन २०.६४ अंकले बढेको बजार आज भने घटेको हो । नेप्से परिसूचकमा गिरावट आए पनि कारोबार रकम भने वृद्धि भएको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक १०.७८ अंकले घटेर २९३६.६६ विन्दुमा झरेको छ । नेप्से ०.३७ प्रतिशतले घटेको हो । नेप्से परिसूचक घट्दा सेन्सेटिभ परिसूचक भने बढेको छ । आज सेन्सेटिभ परिसूचक १.१० अंकले बढेर ५४७.४६ विन्दुमा पुगेको छ ।  

कूल २२४ वटा कम्पनीको १ करोड ६० लाख ४ हजार ५ सय ३० कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब ४४ करोड ३४ लाख १९ हजार ५ सय ६१ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ । 

कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ९ उपसमूहहरुको सेयर घटेको छ भने ४ उपसमूहहरुको सेयर बढेको छ । आज सबैभन्दा धेरै व्यापार समूहको सेयर घटेकोको छ । 

बजार घट्दा कारोबार रकममा आज अपि पावर कम्पनी लिमिटेड अब्बल देखिएको छ । आज कम्पनीको २८ करोड ११ लाख ३९ हजार १ सय ३१ रूपैयाँको कारोबार भएको छ ।  

मंगलबार साम्लीङ पावर कम्पनी लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै बढेको छ  । आज कम्पनीको सेयर मूल्य ९.४९ प्रतिशतले बढेर ६ सय ४९ रुपैयाँ ३० पैसामा अन्तिम कारोबार भएको छ । 

त्यस्तै, आज मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य सर्वाधिक घटेको छ । आज कम्पनीको सेयर मूल्य ५ प्रतिशतले घटेर १ हजार ५ सय ४० रुपैयाँमा अन्तिम कारोबार भएको छ । 

हेर्नुहोस् आजको तालिका  :

61e688f7b2369.JPG 61e688f9bc565.JPG 61e688fb9f549.JPG 61e688fd81dfe.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।