Like us!
Follow us!

बैंक अफ काठमाण्डूको लिलामी शेयर पुन: सुचारू !

बैंक अफ काठमाण्डूको लिलामी शेयर पुन: सुचारू !

लगानी खबर, काठमाडौँ - बैंक अफ काठमाण्डू लिमिटेडले भाद्र १ गते, साेमबारबाट लिलामी मार्फत बिक्री खुल्ला गरेकाे संस्थापक समूहकाे शेयर पुन: सुचारू गरिएकाे छ ।

यसअघि विश्वभर महामारीकाे रूपमा फैलिरहेकाे काेराेना भाइरस (काेभिड-१९) काे संक्रमण न्युनीकरण गर्न लागु गरिएकाे निषेधाज्ञाका कारण स्थगित गरिएकाे थियाे । अहिले स्थिती सामान्य भएकाले बाेलपत्र खरिद तथा दाखिला गर्न थप समय राखी पुन सूचारू गरिएकाे हाे ।

बैंकले राष्ट्र बैंकद्वारा जारी निर्देशन तथा धितोपत्र दर्ता तथा निष्कासन (तेस्रो संशोधन) नियमावली २०७६ मा भएको व्यवस्था अनुसार संस्थापक समूहको ३ लाख १६ हजार १ सय ५६ कित्ता शेयर लिलामी मार्फत बिक्री खुल्ला गरेकाे हाे ।

यसैगरी, उक्त लिलामी शेयरमा खरिद गर्न इच्छुक संस्थापक शेयरधनी लगायत अन्य व्यक्ति तथा संगठित संस्थाले आज (भाद्र ३० गते, मंगलबार) बाट असाेज ४ गतेसम्म आवेदन दिन सक्नेछन् । शेयरको न्यूनतम मूल्य प्रतिशेयर १४० रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । 

त्यसैगरी, लगानीकर्ताले बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्ता वा सो भन्दा बढीको लागि १० अंकको गुणामा नेपाल राष्ट्र बैंकले तोकेको प्रति व्याक्ति संस्था सीमाको अधिनमा रहने गरी अधिकतम ३ लाख १६ हजार १ सय ५६ कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

बैंकको निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । लिलामी शेयरमा प्राप्त शिलबन्दी बोलपत्रहरु असाेज ५ गते साेमबार १०:३० बजे बिक्री प्रबन्धक एनएमबी क्यापिटलकाे कार्यालयमा खुल्ने पनि बैंकले जानकारी दिएकाे छ ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

5f60171c7dd8b.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।