Like us!
Follow us!

ओपोद्वारा ६ एनएम अत्याधुनिक ईमेजिङ एनपीयू मारिसिलिकन सार्वजनिक

ओपोद्वारा ६ एनएम अत्याधुनिक ईमेजिङ एनपीयू मारिसिलिकन सार्वजनिक

लगानी खबर, काठमाडौं - ओपोले ओपो ईन्नो डे २०२१ मार्फत आफ्नो पहिलो स्व–डिजाइन्ड अत्याधुनिक ईमेजिङ एनपीयू–मारिसिलिकन सार्वजनिक गरेको छ ।

ओपोद्वारा ६एनएम अत्याधुनिक ईमेजिङ एनपीयू मारिसिलिकन सार्वजनिक, यस्ता छन् विशेषता 

६ एनएम प्रोशेस प्रविधि मार्फत निर्मित मारिसिलिकन एक्सले अत्याधुनिक एनपीयू, आईएसपी र मल्टि–टायर मेमोरी आर्किटेक्चरको समिकरण गरी अद्वितीय उर्जा बचतका साथै उत्कृष्ट कार्य दक्षता प्रदर्शित गर्दै रियल–टाइम आरएडब्ल्यू प्रशोधनका साथै उत्कृष्ट लाईभ प्रिभ्यू सहित फोरके एआई नाइट भिडियो कैद गर्न सघाउँछ ।

“ईमेज प्रविधिको सिमाना थप फराकिलो पार्दै अघि बढ्ने ओपोको एक दशक भन्दा लामो अनुभवले क्यामेरा मोड्युल्स, लेन्स र अल्गोरिदमका क्षेत्रमा ओपोलाई उद्योगकै केही ठूला नवप्रबर्तनको प्रबर्तकका रुपमा उभ्याएको छ”, ओपोका वरिष्ठ निर्देशक जियांग बिओले भने, “हाम्रो नयाँ अत्याधुनिक ईमेजिङ एनपीयू हाम्रालागि अहिले सम्मकै ठूलो सफलतामध्य एक हो ।

oppo-a.JPG

यसले मोबाइल ईमेजिङ प्रणालीलाई थप शक्ति प्रदान गर्दै उपभोक्तालाई अद्वितीय अनुभव प्रदान गर्नेछ ।”६ एनएम प्रोशेस प्रविधि मार्फत निर्मित मारिसिलिकन एक्सले अत्याधुनिक एनपीयू, आईएसपी र मल्टि–टायर मेमोरी आर्किटेक्चरको समिकरण दुबै विश्वको उत्कृष्ट मारिसिलिकन एक्सको एनपीयूले १८ ट्रिलियन प्रति सेकेन्ड (टीओपीएस), हाम्रो एआई अल्गोरिदमका लागि आवश्यक कम्प्यूटिङ शक्ति भन्दा अधिक उत्सर्जन गर्ने क्षमता बोकेको छ ।

यसमा रहेको ११.६ टीओपीएस प्रति वाट शक्ति क्षमताका कारण एनपीयूले ब्याट्रिको अधिक खपत विनानै उच्च स्तरिय कार्य प्रदर्शित गर्ने क्षमता रहेको कम्पनीले दावी गरेको छ ।

oppo-b.JPG

एनपीयूमा अत्याधुनिक डेडिकेटेड टेरा–बीपीएस मेमोरीको सह प्रणाली पनि समाहित छ । यसले मारिसिलिकन एक्सलाई सञ्चय क्षमतामा कुनै ह्रास बिना नै एनपीयूको कम्प्यूटिङ क्षमताको पूर्ण उपयोग गर्ने शक्ति प्रदान गर्छ । फलतः स्टोरेज र प्रोशेसिंग एकाइका विच डाटा आदान प्रदान गर्नका लागि लाग्ने समयमा ब्यापक कटौती हुन्छ ।

्मारिसिलिकन एक्समा ८.५ जीबी÷एसको अतिरिक्त ब्याण्डविथ सहितको डेडिकेटेड डीडीआर जडान गरिएको छ । यसको मल्टिटायर मेमोरी आर्किटेक्चरले ढिला सुस्तीमा ब्यापक कटौती गर्दै आवश्यक दोहोरो रिड साइकलका कारण हुने उर्जा खपतमा न्यूनिकरणपनि ल्याउँछ ।

ओपोको एआई न्वाइज रिडक्शन अल्गोरिदमको प्रयोग गर्दा मारिसिलिकन एक्सले ओपो फाइन्ड एक्सथ्री प्रोका तुलनामा २० गुणा उच्च गतिमा कार्य सम्पादन गर्छ । मारिसिलिकन एक्सले हरेक फ्रेममा तत्सम् कठिन सुधार उपलब्ध गराउँदै फोरके नाइट भिडियो खिच्ने क्षमता राख्छ । 

oippo-c.JPG

अल्ट्रा एचडीआरका लागि शक्तिशाली आईएसपी मारिसिलिकन एक्समा शक्तिशाली आईएसपी उपलब्ध गरिएको छ । यसले गर्दा २० बिट १२० डीबी डायनामिक रेन्जका तस्विर कैद गर्न सकिन्छ ।

यो भनेको फाइन्ड एक्सथ्रीका तुलनामा ४ गुणा बढी हो । यसले तस्विरमा सर्वाधिक उज्यालो र अध्यारो क्षेत्रको कन्ट्रास्ट रेसियो १०००००० ; १ प्रदान गर्दै जीवन्त दृष्य कैद गर्न सघाउँछ ।

रियल टाइम आरएडब्ल्यू प्रशोधन यसको उच्च डाटा क्षमता र बृहत्त कम्प्यूटिङ शक्तिका कारण मारिसिलिकन एक्सलाई ईमेजिङ पाइपलाइनमा क्रान्तिकारी परिमार्जन ल्याउँदै आरएडब्ल्यू डोमेनको पिक्सेल लेभलमा रियल टाइम फोरके एआई प्रशोधन र २० बिट एचडीआर फ्युजन प्रत्यक्ष सम्पादन गर्ने शक्ति प्रदान गर्छ ।

वास्तविक ईमेज डाटा प्रशोधन गर्दै मारिसिलिकन एक्सले तस्विरका लागि ८डीबी सिग्नल–टू–न्वोइज रेसियो प्राप्त गर्ने क्षमता बोक्छ । यसले कम्प्यूटेशनल फोटोग्राफीका लागि नयाँ जगतनै उजागर गरिदिएको छ ।

आरजीबीडबल्यू प्रो मोड मार्फत प्रो फरफरमेन्स डुअल ईमेज पाइपलाइन डिजाइन र डबल रअ सुपर स्याम्प्लिङको उपयोगद्वारा मारिसिलिकन एक्सले ओपोको आरजीबीडब्ल्यू सेन्सरको पूर्ण क्षमता उजागर गर्छ ।

आरजीबी र ह्वाइट सिग्नलको एकिकरण र छुटाईको समर्थन गर्दै यसले ८.६ डीबीको सुदृढ सिग्नल टू न्वोइज रेसियो र टेक्स्चरको गुणस्तरमा १.७एक्सको सुधारका साथ फोटो तथा भिडियो दुबैमा जीवन्तता प्रदान गर्छ ।

फोरके एआई नाइट भिडियोमा उल्लेखनिय विकास एक समर्पित ईमेजिङ एनपीयूका रुपमा मारिसिलिकन एक्सले कम्प्यूटेशनल फोटोग्राफीमा नयाँ यूगको थालनी गरेको छ ।

कार्य दक्षता र सम्पादन क्षमता दुबैमा ब्यापक विकासका साथ यसले स्पष्ट तथा गुणस्तरिय भिडियोहरुका लागि एआई न्वोइज रिडक्शन अल्गोरिदमको शक्ति उजागर गरेको छ । यसमा रहेको डायनामिक रेञ्ज र सुदृढ कलर रिप्रडक्शनका कारण भिडियोका हरेक फ्रेम तस्विरकै तुलनामा स्पष्ट र सटिक हुन्छन् ।

एण्ड्रोइड फोन्समा फोरके एआई एचडीआर नाइट भिडियो सम्भव भएको यो नै पहिलो पटक हो । मारिसिलिकन एक्सले आफ्नो ब्यवसायिक डेब्यू सन् २०२२को पहिलो त्रैमासमा फाइन्ड एक्स सिरिज मार्फत गर्नेछ । यसैका साथ स्मार्टफोन प्रयोगकर्ताहरुका लागि शक्तिशाली ईमेजिङ अनुभवको थालनी हुने कम्पनीले जानकारी दिएको छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।