Like us!
Follow us!

ओपोद्वारा ओपो ईन्नो डे २०२१को आयोजना हुँदै

ओपोद्वारा ओपो ईन्नो डे २०२१को आयोजना हुँदै

लगानी खबर, काठमाण्डौं - चीनको शेङचनमा डिसेम्बर १४–१५का दिन ओपोले आफ्नो बार्षिक ओपो ईन्नो डेको आयोजना गर्ने भएको छ । उक्त कार्यक्रममा रणनीतिक अद्यावधिक शेयर गर्ने तथा प्राविधिक उपलब्धिहरु प्रदर्शित गरिने छ । 

ओपोको विशेष बार्षिक प्राविधिक समारोहका रुपमा ओपो ईन्नो डे २०२१ले शेङचनमा आयोजित समारोहका साथै आफ्नो अनलाईन ईन्नो वल्र्ड मार्फत विश्वभरबाट सहभागीताको अपेक्षा गरिएको छ । यो भर्चुअल लञ्च ईभेन्ट हालका बर्षहरुमै सर्वाधिक अन्तरक्रियात्मक समारोह हुने आशा गरिएको छ । सन् २०१९मा पहिलो पटक ओपो ईन्नो डेको शुरुवात संगै कार्यक्रमलाई कम्पनीको रोडम्यापका बारेमा पूर्व जानकारीका रुपमा लिन थालिएको छ । ओपो ईन्नो डेको उद्घाटन मार्फत ओपोले एआर ग्लासेज्, फाइभजी सीपीई र स्मार्टवाट्च लगायत आफ्ना अभूतपुर्व प्राविधिका एकिकृत ईकोसिष्टमक प्रदर्शित गरेको थियो । पछिल्लो बर्ष ओपोले क्रान्तिकारी रोलेबल फोन लगायत आफ्ना तीन वैचारिक उत्पादनहरु प्रदर्शित गरेको थियो । सन् २०२१का लागि ओपोले आफ्ना लञ्च ईभेन्ट तथा प्रदर्शनीहरु डिजिटलाईज्ड गर्दै परम्परागत कार्यक्रमहरुलाई मनोरञ्जनात्मक तथा भर्चुअल ईभेन्टको अन्तरक्रियात्मक विश्वमा परिमार्जित गरेको छ । 

ओपो ईन्नो वल्र्ड, ओपो ईन्नो डेका लागि तयार पारिएको भर्चुअल मञ्च हो । ओपो ईन्नो वल्र्डका आगन्तुकले आफ्ना अनुकूलित अवतारका साथमा समारोहमा भर्चुअल्लि सहभागिता जनाउन सक्नेछन् । तिनले भर्चुअल प्रदर्शनीका समस्त कक्ष स्वतन्त्ररुपमा अवलोकन गर्न सक्ने ब्यवस्था मिलाएको कम्पनीले जानकारी दिइएको छ । अनुकूलित अवतारको प्रयोग गर्दै अवलोकनकर्ताले सामाजिककरण हुँदै एक अर्कालाई भर्चुअल संसारका विभिन्न स्थानमा छरेर राखिएका ईस्टर एगको खोजी पनि गर्न सक्नेछन् । ओपो ईन्नो वल्र्ड डिसेम्बर १४देखि पूर्णतः पहुँचयोग्य हुने ओपोले जानकारी दिएको छ । 

ईच्छुक आगन्तुकले अहिले नै ओपो ईन्नो वल्र्डका लागि आफ्ना अवतार सिर्जना गरी डिसेम्बर १४ र १५का दिन ओपोका अत्याधुनिक प्राविधिक सफलताहरु अवलोकन गर्न सक्नेछन् । ओपो ईन्नो डे सम्बन्धि थप जानकारीका लागि यस here लिंकमा गएर पनि जानकारी लिन सकिने छ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।