Like us!
Follow us!

थप २०५ जनामा संक्रमण पुष्टि, ४३६ जना निको

थप २०५ जनामा संक्रमण पुष्टि, ४३६ जना निको

लगानी खबर, काठमाडौं - नेपालमा पछिल्लो २४  घण्टामा थप २ सय ५ जनामा कारोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ७ सय ४७ जनाको कोरोना परीक्षण भएकोमा २ सय ५ जनामा संक्रमण पुष्टि भएको हो । 

मन्त्रालयका अनुसार ७ हजार ९ सय ९५ जनाको पीसीआर विधिबाट परीक्षण भएकोमा २ सय जना र २ हजार ७ सय ५२ जनाको एन्टिजेन विधिबाट परीक्षण भएकोमा ५ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै  बितेको २४ घण्टामा ४ सय ३६  जना निको भएर घर पर्किएका छन् भने १ संक्रमितको मृत्यु भएको छ । अहिलेसम्म ११ हजार ५ सय ४१ जनाको कोरोनाका कारण मृत्यु भएको छ । 

हाल ६ हजार ५ सय ७ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

No photo description available.

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।