Like us!
Follow us!

यस्तो देखियो 'नेपाल आईओटी च्यालेन्ज' (फोटो फिचर)

यस्तो देखियो 'नेपाल आईओटी च्यालेन्ज' (फोटो फिचर)

लगानी खबर, काठमाडौं - कक्षा १२ को परिक्षा दिएर बसेका विद्यार्थीहरूलाई लक्षित गर्दै काठमाडौको सफ्टवेरिका कलेज अफ आइटी एण्ड इकमर्सले कोभेन्ट्री विश्वविद्यालयको सहकार्यमा सन्चालन गरेको 'नेपाल आईओटी च्यालेन्ज' मा आइओटीसँग सम्बन्धित विद्यार्थीले बनाएका विभिन्न परियोजना प्रदर्शनीमा राखिएको छ ।

प्रदर्शनीमा विद्यार्थीहरुले बनाएका ड्रोन, स्मार्ट होम, विद्युतिय सवारी, अटोनोमस सवारी, ट्राफिक म्यानेजमेन्ट सिस्टम, स्मार्ट एग्रिकल्चर, स्मार्ट पार्किङ, फ्लड डिटेक्सन, स्मार्ट सेक्युरिटी, फायर कन्ट्रोल रोबोट राखिएका छन् । नि:शुल्क प्रवेश रहेको प्रदर्शनी सफ्ट्वेरिका कलेजको प्राङ्गण डिल्लीबजारमा हुने कलेज प्रमुख प्रमोद पौडेलले बताए ।

विद्यार्थीहरूले आफूसँग भएको प्रतिभा देखाउन सक्ने यो प्रतियोगितामा पाँच जना सदस्यको समूह बनाएर सहभागी भएका छन् । दर्ता भएका समूहहरुलाई कलेजले गरेको १० दिने निशुल्क बुटक्याम्पमा आइओटी प्रशिक्षण दिएको थियो ।

प्रशिक्षण सकिएपछि विद्यार्थी समूहले बनाएको आईओटी प्रोजेक्टको प्रदर्शनी आयोजना गरिएको हो । यसरी प्रदर्शनीमा राखिएका प्रोजेक्टहरू मध्ये अवलोकनकर्ताको भोटको आधारमा तीन उत्कृष्टलाई नगद पुरस्कार दिइने पौडेलले बताए ।

पहिलो हुनेले ५०,००० रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै दोस्रो र तेस्रो हुनेले क्रमश: ३०,००० र २०,००० रुपैयाँ प्राप्त गर्नेछन् ।

61ac79a6a7093.JPG 61ac79a75cf9d.JPG 61ac79aaee3f0.JPG 61ac79ad8bdd3.JPG 61ac79b228562.JPG 61ac79b757b28.JPG 61ac79bcf0b8f.JPG 61ac79c1761b2.JPG 61ac79d7655f6.JPG 61ac79db524ac.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।