Like us!
Follow us!

थप २४६ जनामा संक्रमण पुष्टि, ३४७ जना निको

थप २४६ जनामा संक्रमण पुष्टि, ३४७ जना निको

लगानी खबर, काठमाडौं - नेपालमा पछिल्लो २४  घण्टामा थप २ सय ४६ जनामा कारोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ८ सय ३६ जनाको कोरोना परीक्षण भएकोमा २ सय ४६ जनामा संक्रमण पुष्टि भएको हो । 

मन्त्रालयका अनुसार ६ हजार ४ सय जनाको पीसीआर विधिबाट परीक्षण भएकोमा २ सय २३ जना र १ हजार ४ सय ३६ जनाको एन्टिजेन विधिबाट परीक्षण भएकोमा २३ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै  बितेको २४ घण्टामा ३ सय ४७  जना निको भएर घर पर्किएका छन् भने आज कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । अहिलेसम्म ११ हजार ५ सय ३५ जनाको कोरोनाका कारण मृत्यु भएको छ । 

हाल ६ हजार ९ सय २१ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

No photo description available.

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।