Like us!
Follow us!

थप २५९ जनामा संक्रमण पुष्टि, २६४ जना निको

थप २५९ जनामा संक्रमण पुष्टि, २६४ जना निको

लगानी खबर, काठमाडौं - नेपालमा पछिल्लो २४  घण्टामा थप २ सय ५९ जनामा कारोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ८ सय ८८ जनाको कोरोना परीक्षण भएकोमा २ सय ५९ जनामा संक्रमण पुष्टि भएको हो । 

मन्त्रालयका अनुसार ७ हजार २ सय ३१ जनाको पीसीआर विधिबाट परीक्षण भएकोमा २ सय ४३ जना र २ हजार ६ सय ५७ जनाको एन्टिजेन विधिबाट परीक्षण भएकोमा १६ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै  बितेको २४ घण्टामा २ सय ६४ जना निको भएर घर पर्किएका छन् भने १ संक्रमितको मृत्यु भएको छ । अहिलेसम्म ११ हजार ५ सय २४ जनाको कोरोनाका कारण मृत्यु भएको छ । 

हाल ६ हजार ९ सय ४४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

No photo description available.

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।