Like us!
Follow us!

कस्तो छ आजको मौसम ?

कस्तो छ आजको मौसम ?

लगानी खबर, काठमाडौं - नेपालमा न्युन चापीय प्रणालीको आंशिक प्रभाव परेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगलादेश तथा अरब सागर रहेको छुट्टाछुट्टै न्यून चापीय प्रणालीको आंशिक प्रभाव परेको हो ।

दिउँसो देशको पहाडी भू-भागहरुमा  आँशिक देखी सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ।प्रदेश नं १, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती देशभर  आँशिक बदली रहने छ । गण्डकी प्रदेशको उच्च हिमाली भू-भागको एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।