Like us!
Follow us!

सुनको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?

लगानी खबर, काठमाडौं - आज (आइतबार) नेपाली बजारमा सुनको मूल्यले उकालो यात्रा तय गरेको छ भने चाँदीको मूल्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गएको (शुक्रबार) छापावाल सुन प्रतितोला ९१ हजार ९ सय रुपैयाँ कायम भएकोमा आज २ सय रुपैयाँले बढेर  प्रतितोला ९२ हजार १ सय रुपैयाँ कायम भएको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ६ सय रुपैयाँ कायम भएको छ । शुक्रबार तेजबी सुनको मूल्य ९१ हजार ४ सय रुपैयाँ कायम भएको थियो ।  

त्यस्तै, आज आइतबार चाँदीको मूल्य भने घटेको छ । शुक्रबार १ हजार २ सय २५ रुपैयाँमा करोबार भएको चाँदीको मूल्य आज १५ रुपैयाँले घटेर तोलाको १ हजार २ सय १० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । 

61a31ae84394a.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।