Like us!
Follow us!

बिहीबार घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बिहीबार घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

लगानी खबर, काठमाडौं - आज (बिहीबार) नेपाली बजारमा सुनको मूल्यले ओरालो यात्रा तय गरेको छ भने चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार (बुधबार) छापावाल सुन प्रतितोला ९१ हजार ८ सय रुपैयाँ कायम भएकोमा आज १ सय रुपैयाँले घटेर  प्रतितोला ९१ हजार ७ सय रुपैयाँ कायम भएको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार २ सय रुपैयाँ कायम भएको छ । हिजो तेजबी सुनको मूल्य ९१ हजार ३ सय रुपैयाँ कायम भएको थियो ।  

त्यस्तै, आज बिहीबार चाँदीको मूल्य भने बढेको छ । बुधबार १ हजार २ सय २५ रुपैयाँमा करोबार भएको चाँदीको मूल्य आज ५ रुपैयाँले बढेर तोलाको १ हजार २ सय ३० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । 

619f1d2f44ccf.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।