Like us!
Follow us!

नेप्सेमा २ कम्पनीको सेयरमूल्य समायोजन, कुनकाे कतिमा खुल्छ कारोबार ?

नेप्सेमा २ कम्पनीको सेयरमूल्य समायोजन, कुनकाे कतिमा खुल्छ कारोबार ?

लगानी खबर, काठमाडाैँ - नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज (मंसिर ९ गते, बिहीबार) विभिन्न २ वटा कम्पनीको सेयरमूल्य समायोजन भएकाे छ । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडकाे सेयरमूल्य समायोजन भएको हाे ।

मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको २० प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता एक हजार २ सय रूपैयाँ कायम हुने गरी सेयरमूल्य समायोजन गरेको हो ।  नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य एक हजार ४ सय ४० रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

619ee03cded52.jpg

त्यसैगरी, नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडकाे ८ प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता ३ सय ३१ रूपैयाँ ४८ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको हाे ।  नेप्सेले बुधबारकाे अन्तिम कारोबार मूल्य ३ सय ५८ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

619eddca5a8d5.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।