Like us!
Follow us!

सिटिजन्स बैंकको शाखा रहित बैंकिङ्ग सेवा दाङको मुर्कुटीमा

सिटिजन्स बैंकको शाखा रहित बैंकिङ्ग सेवा दाङको मुर्कुटीमा

लगानी खबर, काठमाडौं - सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले थप एक शाखा रहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । बैंकले दाङ जिल्लाको बंगलाचुली गाउँपालिका, मुर्कुटीमा यहि मंसिर ३ गतेबाट ८६ ओैँ शाखारहित बैंकिङ्ग सेवा प्रारम्भ गरेको हो । 

सो स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी  होति देवि वली लाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको बैंकले जनाएको छ । यस शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ । यस सेवाबाट ग्रामिण क्षेत्रमा बैंक प्रति उल्लेखिय विश्वास एंव बैंकिङ्ग सभ्यताको बिस्तार हुने अपेक्षा बैंकले लिएको छ । 

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १७४  वटा शाखा,  १२३  वटा ए.टि.एम. र ११३   वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १२  लाख ५० हजार  ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

ताजा समाचार