Like us!
Follow us!

सुनको मूल्यमा गिरावट, कति पुग्यो तोलाको ?

सुनको मूल्यमा गिरावट, कति पुग्यो तोलाको ?

लगानी खबर, काठमाडौं - आज (बुधबार) पनि नेपाली बजारमा सुनको मूल्यले ओरालो यात्रा तय गरेको छ ।  हिजो (मंगलबार) सुन-चाँदीको मूल्य घटेको थियो ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार (मंगलबार) छापावाल सुन प्रतितोला ९२ हजार ३ सय रुपैयाँ कायम भएकोमा आज ५ सय रुपैयाँले घटेर  प्रतितोला ९१ हजार ८ सय रुपैयाँ कायम भएको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ३ सय रुपैयाँ कायम भएको छ । हिजो तेजबी सुनको मूल्य ९१ हजार ८ सय रुपैयाँ कायम भएको थियो ।  

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । मंगलबार १ हजार २ सय ५५ रुपैयाँमा करोबार भएको चाँदीको मूल्य आज ३० रुपैयाँले घटेर तोलाको १ हजार २ सय २५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । 

619dcbf693715.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।