Like us!
Follow us!

नेपाल एसबिआई बैंकद्धारा लाभांश घोषणा

नेपाल एसबिआई बैंकद्धारा लाभांश घोषणा

लगानी खबर, काठमाडौं - नेपाल एसबिआई बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ  ।

बैंकको हिजो मंसिर ७ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको ३.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत गरी  १.८१ प्रतिशत नगद गरी कुल ५.३१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्विकृत भई र बैंकको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।

हेर्नुहोस् बैंकले प्रकाशन गरेको सूचना  :

619dc0bc21f91.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

ताजा समाचार