Like us!
Follow us!

सिटिजन्स बैंकद्धारा प्रिभिलेज बैंकिङ्ग सेवा सुरु

सिटिजन्स बैंकद्धारा  प्रिभिलेज बैंकिङ्ग सेवा सुरु

लगानी खबर, काठमाडौं - सिटिजन्स बैंकले आफ्ना प्रतिष्ठित ग्राहकहरूका लागि कमलादी ,काठमान्डौंमा २२ नोभेम्बरमा  काउन्टर विस्तार गरेको छ । ग्राहकहरूलाई छिटो छरितो , झन्झटमुक्त र विशिष्टीकृत  सेवाहरु  प्रदान गर्ने उद्देश्यले कमलादीमा आफ्नै भवनबाट पनि विशेष बैंकिङ्ग  सेवा सुरु गरेको छ । 

यस अघि बैंकको प्रधान कार्यालय,नारायणहिटी पथमा रहेको  प्रिभिलेज काउन्टर बाट आफ्ना ग्राहकहरूलाई विशेष बैंकिङ्ग सेवा प्रदान गर्दे आईरहेको छ । बैंकले देशैभरी फैलिएका आफ्ना १७४  वटा शाखा,  १२३  वटा ए.टि.एम. र ११३   वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १२  लाख ५० हजार ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । कोरोना भाइरस  (COVID19) को महामारीबाट सम्पूर्ण विश्वनै आक्रान्त बनेको अवस्थामा यस बैंकले नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै सावधानी पूर्वक आफ्ना ग्राहकहरुको वित्तीय आवश्यकताहरु डिजिटली प्रदान गरिरहेको छ । यसलाई मूर्त रुप प्रदान गर्न बैंकले चेकको प्रयोग नगरी आफ्नो मोबाइल बैंकिङ्ग एपमा लग–ईन गरेर काउन्टरमा भएको क्यू आर कोड स्क्यान गरी खाताबाट रकम झिक्न क्अबल ७ ध्ष्तजमचबध सेवा, मोबाइल बैंकिङ्गको पिन नं बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिने झन्झट बाट मुक्त हुन घरबाटै पिन रिसेट गर्न सकिने जस्ता सेवाहरुको थालनि गरेको छ । 

कोभिड १९ को त्रास अझै पनि कायम रहेको अवस्थालाई मध्यनजर गर्दै ग्राहक महानुभावहरुलाई सकेसम्म बैंकमा नआइकनै बैकिङ्ग सुबिधा प्राप्त गर्न सहज होस् भनी यस बैंकमा बचत खाता संचालन गर्दै आएका ग्राहकहरुलाई बैंकको मोबाइल बैकिङ्ग, इन्टरनेट बैकिङ्ग, शेयर कारोबारको सहजीकरणका लागि डि—म्याट तथा आस्बा सेवा,कार्ड लगायतका विद्मुतिय भुक्तानीका माध्यमहरुमा पहिलो बर्षको शुल्क मिनाहा हुने व्यवस्था समेत मिलाइएको छ । यस प्रकारको सेवाबाट बैंकका ग्राहकहरुले सहज रुपमा सेवा प्राप्त गरि लाभान्वित हुने,  डिजिटल बैंकिङ्ग सभ्यताको विकास भई  कोभिड रोग नियन्त्रणमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
         
                                                                  
                                                                       
 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।