Like us!
Follow us!

पिपुल्स हाइड्रोपावरले डाक्यो साधारण सभा, के के छन् एजेन्डा ?

पिपुल्स हाइड्रोपावरले डाक्यो साधारण सभा, के के छन् एजेन्डा ?

लगानी खबर, काठमाडौं - पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सभा आह्वान गरेको छ । कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने प्रस्तावसहित वार्षिक साधारण सभा आह्वान गरेको हो । 

कम्पनीको कार्तिक २९ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको वार्षिक साधारण सभा मंसिर २३ गते, बिहीबार क्वालिटी बेङ्क्वेट, बुद्धनगर, काठमाडौंमा बिहान ११:३० बजेदेखि सुरू हुनेछ ।

सभामा सञ्चालक समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारीत गर्ने, आर्थिक वर्ष २०७७/०७८ को लेखा परिक्षकको प्रतिवेदनसहित २०७८ अषाढ मसान्तको वासलात, नाफा नोक्सान हिसाव, नगद प्रवाह विवरण र सेयर पूँजीमा भएको परिवर्तन लगायत अन्य अनुसूचीहरु उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७८/७९ को लागी लेखा परिक्षकको नियुक्ती गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने, कम्पनीको प्रबन्धपत्रको दफा ६ (ख) (ग) (घ) संशोधन तथा दफा ८ मा उपदफा (३) थप र नियमावलीको नियम २८ संशोधन गर्ने, साधारण सेयर (आईपीओ) जारी गर्ने, साधारण सेयर (आईपीओ) जारीबाट प्राप्त हुने रकम (पूँजी) उपयोग गर्ने, पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडमा सुपरदोर्दी इन्भेष्टमेन्ट कम्पनीलाई मर्जर गर्ने (गाभ्ने) सन्दर्भमा भए गरेका सम्पुर्ण प्रकृया अनुमोदन गरी सुपरदोर्दी इन्भेष्टमेन्ट कम्पनीलाई मर्जर गर्ने (गाभ्ने) र यस प्रकृयामा नियमनकारी निकायबाट कुनै फेर बदल गर्न, संशोधन गर्न, थपघट गर्न लगायत अन्य निर्देशन प्राप्त भएमा सो कार्यहरु समेत गर्न यस कम्पनीको सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्तावहरू सभामा पारित हुनेछन् ।

कम्पनीले लमजुङ जिल्लामा निर्माण गरिरहेको ५४ मेगावाटको सुपर दोर्दी जलविद्युत् आयोजना ‘ख’ का लागि आवश्यक लगानी आवश्यक स्वपुँजी जुटाउन आईपीओ जारी गर्न लागेको हो। कम्पनीले १०० अंकित दरका कुल ८२ लाख ५० हजार कित्ता आईपिओ निष्कासन गर्नेछ। आईपीओ आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि निष्कासन गरिने कम्पनीले जनाएको छ । कम्पनीले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटललाई नियुक्त गरिसकेको छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।