Like us!
Follow us!

एनआईसी एशियाको प्रगति : नाफासँगै अन्य सूचकमा आकर्षक वृद्धि

एनआईसी एशियाको प्रगति : नाफासँगै अन्य सूचकमा आकर्षक वृद्धि

लगानी खबर, काठमाडाैँ - एनआईसी एशिया बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा एक अर्ब १८ करोड छ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५ दशमलव ६४ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले एक अर्ब दुई करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिसम्ममा बैंकको वितरणयोग्य नाफामा पनि आकर्षक सुधार भएको छ । खुद ब्याज आम्दानी ४० दशमलव ४२ प्रतिशत र सञ्चालन नाफा १४ दशमलव ९३ प्रतिशतले बढेको छ । वितरणयोग्य नाफा ३८१ दशमलव १४ प्रतिशतले बढेर २२ करोड ४५ लाख २६ हजार रुपैयाँ पुगेको छ । 

बैंकको निक्षेप संकलन २० दशमलव २९ प्रतिशत र कर्जा लगानी ३९ दशमलव २६ प्रतिशतले बढेको छ । बैंकको समीक्षा अवधिमा प्रतिसेयर आम्दानी भने दुई रुपैयाँ ४९ पैसा घटेर ३९ रुपैयाँ ६५ मा आएको छ । असोज मसान्तसम्म बैंकको प्रतिसेयर नेटवर्थ १८९ रुपैयाँ ९० पैसा छ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।