Like us!
Follow us!

नेप्सेमा २ बैंककाे सेयरमूल्य समायोजन

नेप्सेमा २ बैंककाे सेयरमूल्य समायोजन

लगानी खबर, काठमाडाैँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा माछापुच्छ्रे बैंक लिमिटेड र सानिमा बैंक लिमिटेडकाे सेयरमूल्य समायोजन भएको छ ।

सानिमा बैंककाे १७ प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता ४ सय १७ रूपैयाँ ७८ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको छ ।  नेप्सेले बिहीबारकाे अन्तिम कारोबार मूल्य ४ सय ८८ रुपैयाँ ८० पैसाका आधारमा मूल्य समायोजन गरेको हो ।

61749cc38bbb8.jpg

माछापुच्छ्रे बैंककाे १३.३० प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता ३ सय २२ रूपैयाँ ०७ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको छ ।  नेप्सेले बिहीबारकाे अन्तिम कारोबार मूल्य ३ सय ६४ रुपैयाँ ९० पैसाका आधारमा मूल्य समायोजन गरेको हो ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।