Like us!
Follow us!

मर्ज हुँदै यी दुई हाइड्रोपावर

मर्ज हुँदै यी दुई हाइड्रोपावर

लगानी खबर, काठमाडौँ - नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत भएका रिडी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेड र रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेड मर्जरकाे तयारीमा जुटेका छन् ।

विद्युत नियमन आयोगले भाद्र १० गते बुधबार "जलविद्युत आयोजना निर्माण तथा संचालन गर्न अनुमतिपत्र प्राप्त कम्पनीहरु एक आपसमा गाभिन, आपसमा मिल्न, शेयर खरिद, संरचनाको खरिद वा हस्तान्तरण, प्राप्ती वा ग्रहण सम्बन्धी निर्देशिका, २०७७" जारि गरे लगत्तै यी दुई कम्पनी मर्जरकाे तयारीमा जुटेका हुन् ।

यसैगरी, मर्जर पश्चात कम्पनीकाे नाम "रिडी पावर लिमिटेड" रहने भएकाे छ । दुवै कम्पनीकाे आगामी वार्षिक साधारण सभाले मर्जर सम्बन्धी प्रस्ताव पारित गर्नेछन् ।

त्यसैगरी, रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले नेप्सेमा 'RRHP' संकेतमा काराेबार गर्दछ । भाद्र २५ गते बिहीबारका अनुसार कम्पनीकाे शेयरमूल्य प्रतिकित्ता एक सय ५ रूपैयाँ रहेकाे छ । रिडी हाइड्रोपावर कम्पनी लिमिटेडले नेप्सेमा 'RHPC' संकेतमा काराेबार गर्दछ । भाद्र २५ गते बिहीबारका अनुसार कम्पनीकाे शेयरमूल्य प्रतिकित्ता ९९ रूपैयाँ रहेकाे छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।