Like us!
Follow us!

सुन र चाँदी दुवैकाे मूल्य बढ्याे, कतिमा हुँदैछ काराेबार ?

सुन र चाँदी दुवैकाे मूल्य बढ्याे, कतिमा हुँदैछ काराेबार ?

लगानी खबर, काठमाडौं - आज (बुधबार) नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यले उकालो यात्रा तय गरेका छन् । 

आज बुधबार सुनकाे मूल्य ताेलामा एक सय रुपैयाँले बढेर प्रतिताेला ९१ हजार ४ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

त्यस्तै, तेजावी सुनको मूल्य आज ९० हजार ९ सय रुपैयाँ कायम भएको छ । 

त्यसैगरी, आज चाँदीको मूल्य पनि ताेलामा १० रूपैयाँले बढेर प्रतिताेला एक हजार २ सय ३५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।