Like us!
Follow us!

शुक्रबार घट्यो सुनको मूल्य, हेर्नुस कतिले घट्यो ?

शुक्रबार घट्यो सुनको मूल्य, हेर्नुस कतिले घट्यो ?

लगानीखबर काठमाडौं, आज (शुक्रबार) नेपाली बजारमा पनि सुनको मूल्य ओरालो लागेको छ । 

नेपाल सुनचाँदी व्यवसायी  महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलाको ३ सय रूपैयाँले घटेर प्रतितोला ९६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजावी सुनको मुल्य प्रतितोला ९६ हजार निर्धारण गरिएको छ ।

त्यसैगरी, चाँदीको मूल्य पनि तोलाको १५ रूपैयाँले घटेर प्रतितोला एक हजार ३ सय १० रूपैयाँ कायम रहेको महासंघले बताएको छ ।

बिहिबार सुनको मूल्य तोलाको ४ सय रूपैयाँले बढेर , छापावाला सुनको मूल्य प्रतितोला ९६ हजार ८ सय रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ३ सय रुपैयाँ पुगेको थियो ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।