Like us!
Follow us!

शुक्रबार थप ७६४ जनामा कोरोना संक्रमण पुष्टि, १०३३ जना संक्रमणमुक्त

शुक्रबार थप ७६४ जनामा कोरोना संक्रमण पुष्टि, १०३३ जना संक्रमणमुक्त

लगानी खबर, काठमाडौँ - नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सो अवधिमा एक हजार ३३ संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १० हजार ६ सय ८८ जनाको कोरोना परीक्षण भएकोमा ७ सय ६४ जनामा कारोना संक्रमण पुष्टि भएको हो । जसमा ९ हजार ४ सय ५६ जनाको पिसिआर परिक्षण गर्दा ७ सय १५ जना र एक हजार २ सय २२ जनाको एन्टीजेन परिक्षण गर्दा ४९ जनामा संक्रमण पुष्टि भएको हो । 

त्यसैगरी, बितेको २४ घण्टामा १० जना संक्रमितको मृत्यु भएको छ । हाल १५ हजार ६ सय १४ जना सक्रिय संक्रमित छन् ।

No photo description available.

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।