Like us!
Follow us!

४५ वर्षभित्र चीनको जनसंख्या आधा घट्ने

४५ वर्षभित्र चीनको जनसंख्या आधा घट्ने

लगानी खबर, काठमाडौं - आगामी ४५ वर्षभित्र चीनको जनसंख्या आधा घट्ने अनुसन्धानकर्ताहरूले बताएका छन् । चीनमा जन्मदरमा आएको गिरावटसँगै जनसंख्या पनि आधा घट्ने अनुमान गरिएको हो । हालै सम्पन्न जनगणनामा त्यहाँको जन्मदरमा अनुमान गरेभन्दा गिरावट आएको छ । 

जनगणना अनुसार चिनियाँको जन्मदर १ दशमलव ३ प्रतिशतभन्दा तल झरेको छ । यसको अर्थ जीवनकालमा हरेक महिलाले औषतमा केवल १ दशमलव ३ सन्तान जन्माउँछन् । चीनको जनसंख्या स्थिर राख्न महिलाले औषतमा २ सन्तान जन्माउनु पर्ने विज्ञहरु बताउँछन् । 

चीनको अहिलेको जनसंख्या १ अर्ब ४० करोड छ । तर, जन्मदरमा अहिलेजस्तै गिरावट आउने हो भने सन् २०५५ मा त्यहाँको जनसंख्या आधा घट्नेछ । 

दशकौंदेखि चीनले जनसंख्या नियन्त्रणमा कडाइ गर्दै आएको थियो । तर, जसंख्या घटेसँगै जन्मदरमा केही खुकुलो नीति ल्याएको छ  । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।