Like us!
Follow us!

सुनको मूल्यमा वृद्धि, कति पुग्यो तोलाको ?

सुनको मूल्यमा वृद्धि, कति पुग्यो तोलाको ?

लगानी खबर, काठमाडौं - आज (मंगलबार) नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । 

हिजो (सोमबार) तोलाको ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज मंगलबार ५ सय रुपैयाँले बढेर तोलाको ९० हजार ३ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

त्यस्तै, आज तेजावी सुनको मूल्य ८९ हजार ८ सय ५० रुपैयाँ कायम भएको छ । सोमबार तेजावी सुनको मूल्य ८९ हजार ३ सय ५०  रुपैयाँ कायम भएको थियो । 

त्यसैगरी, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो तोलाको ११ सय ६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज  पनि सोही मूल्यमा करोबार भएको नोपल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

615be54ab2f75.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।