Like us!
Follow us!

थप १०३० जनामा कोरोना संक्रमण पुष्टि, १००० जना संक्रमणमुक्त

थप १०३० जनामा कोरोना संक्रमण पुष्टि, १००० जना संक्रमणमुक्त

लगानी खबर, काठमाडौँ - नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सो अवधिमा एक हजार जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १० हजार ८ सय ७४ जनाको कोरोना परीक्षण भएकोमा एक हजार ३० जनामा कारोना संक्रमण पुष्टि भएको हो । जसमा ५ हजार ८ सय ९३ जनाको पिसिआर परिक्षण गर्दा ८ सय १२ जना र ४ हजार ९ सय ८१ जनाको एन्टीजेन परिक्षण गर्दा २ सय १८ जनामा संक्रमण पुष्टि भएको हो । 

त्यसैगरी, बितेको २४ घण्टामा १० जना संक्रमितको मृत्यु भएको छ । हाल १६ हजार ६ सय ६ जना सक्रिय संक्रमित छन् ।

No photo description available.

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।